Posts

Showing posts from October, 2015

केहीबेरमा प्रधानमन्त्री निर्वाचन हुँदै

Image
केहीबेरमा प्रधानमन्त्री निर्वाचन हुँदै सुशील र ओली मैदानमा -e  कान्तिपुर  बाट  आश्विन २४, २०७२- मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीका बीच देशको ३८ औं प्रधानमन्त्री छनोट गर्ने निर्वाचन केहीबेरमा संसद् भवन नयाँ बानेश्वरमा सुरु हुँदैछ । बैठकको तयारी सुरु भएको छ भने सांसद्हरु आउने क्रम पनि सुरु भएको छ । संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री छनोट हुने निर्वाचनमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धामा छन् । नेकपा एमाओवादी र राप्रपा नेपाललगायत १४ दलको समर्थन प्राप्त ओलीका पक्षमा अहिलेसम्म बहुमत देखिएको छ । ११ बजे सुरु हुने संसद्मा मतदान हुँदासम्म यही समीकरण कायम रहेमा ओली देशको नयाँ प्रधानमन्त्री हुनेछन् ।

केपी ओली प्रधानमन्त्री हुने पक्का, कांग्रेस प्रतिपक्षमा ओलीको पक्षमा १६ दलको हस्ताक्षर

Image
२३ असोज, काठमाडौं । रातभरमा कुनै ठूलो चमत्कार नभए  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८ औं प्रधानमन्त्री हुने पक्का भएको छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने प्रतिपक्षमा बस्ने सम्भावना बढेको छ । यद्पि अझै सहमतिको प्रयास हुने नेताहरूले बताएका छन् ।  व्यवस्थापिका संसदको भोलि आइतबार ११ बजेको बैठकमा मतदान हुनेछ । एमाले अध्यक्ष केपी ओलीले शनिबार उम्मेदवारी दर्ता गरेका छन् । केपी ओलीसँग प्रधानमन्त्रीमा नेपाली कांग्रेस सभापति सुशील कोइरालाले प्रतिस्पर्धा गर्ने भएका छन् । ओलीको प्रस्तावक एमाओवादी अध्यक्ष प्रचण्ड र समर्थक राप्रपा नेपालका अध्यक्ष कमल थापा छन् । एमाओवादी र राप्रपा नेपालको समर्थन पाएपछि ओली प्रधानमन्त्री हुने पक्कापक्की भएको छ । एमालेका १८३, एमाओवादीका ८३ (बाबुराम भट्टरार्इ बाहेक) र राप्रपा नेपालका २५ सभासद छन् । तीन दलको कुल मत २९१ हुन्छ । ओलीलाई साना दलको पनि समर्थन छ । प्रधानमन्त्री बन्न ओलीलाई आवश्यक ३०० मत पुर्‍याउन तीन दलबाहेक थप ९ मतमात्रै चाहिन्छ । यसका लागि राप्रपासहितका दलहरुले सहमति जनाइसकेकाले ओलीको बहुमत निश्चित देख...

प्रधानमन्त्रीमा दाबी

संसदमा भोलि आइतबार हुने प्रधानमन्त्रीको चुनावका लागि उम्मेदवारी दर्ता गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली

प्रधानमन्त्रीको उम्मेदवार शुसिल कोइराला

नेपाली कांग्रेसले प्रधानमन्त्रीको लागि पार्टी सभापति शुसिल कोइरालालाई मनोनित गरेको छ . प्रधानमन्त्री पदबाट राजिनामा दिए लगत्तै संसदमा पुन शुसिल कोइरालाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् 
नेपालमा पनि अब पश्चिमेली संस्किर्ती भित्रियो 

कबिता

Image
म कसरी हास्न सक्छु  तिमि मेरो ओठमा हासो मात्र खोज्छौ  मुस्कान मात्र  खोज्छौ  देश रोइरहेको छ 
Image
मुक्तक तिमीले माग्यौ यतिखेर म कसरी दिउ   छातीभित्रको मुटु झिकेर म कसरी दिउ जुन चिज धर्तीमा छैन त्यहि चाहिन्छ रे   त्यो आकासको जुन टिपेर म कसरी दिउ टिकाराम सिंह

कविता

हामि यस स्तम्भमा नेपाली राष्ट्रियतासंग सम्बन्धित गहकिला कबिताहारु राख्छौ