केहीबेरमा प्रधानमन्त्री निर्वाचन हुँदै

केहीबेरमा प्रधानमन्त्री निर्वाचन हुँदै

  • सुशील र ओली मैदानमा
-e कान्तिपुर बाट 
आश्विन २४, २०७२- मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीका बीच देशको ३८ औं प्रधानमन्त्री छनोट गर्ने निर्वाचन केहीबेरमा संसद् भवन नयाँ बानेश्वरमा सुरु हुँदैछ । बैठकको तयारी सुरु भएको छ भने सांसद्हरु आउने क्रम पनि सुरु भएको छ ।
संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री छनोट हुने निर्वाचनमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धामा छन् ।
नेकपा एमाओवादी र राप्रपा नेपाललगायत १४ दलको समर्थन प्राप्त ओलीका पक्षमा अहिलेसम्म बहुमत देखिएको छ । ११ बजे सुरु हुने संसद्मा मतदान हुँदासम्म यही समीकरण कायम रहेमा ओली देशको नयाँ प्रधानमन्त्री हुनेछन् ।

Comments

Popular posts from this blog

हिन्दू हरुको महान चाड तिहार आज मनाइयो

केपी ओली प्रधानमन्त्री हुने पक्का, कांग्रेस प्रतिपक्षमा ओलीको पक्षमा १६ दलको हस्ताक्षर

कविता