आफ्नो पहिचान र राष्ट्रियता बेचेर कुनै पनि राष्ट्र समृद्ध हुन सक्दैन हाम्रा पुर्खाहरुले रचेको बिरताको इतिहास बचाइराख्नु प्रत्येक नेपाली नागरिकको साझा कर्तव्य र दायित्व हो
प्रधानमन्त्रीमा दाबी
Get link
Facebook
X
Pinterest
Email
Other Apps
संसदमा भोलि आइतबार हुने प्रधानमन्त्रीको चुनावका लागि उम्मेदवारी दर्ता गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली
हिन्दू हरुको महान दोश्रो चाड तिहार आज भाई टिका लगाएर मनाइेएको छ तिहारको अन्तिम दिन दिदी बहिनिहरुले दाजु भाईलाई टिका लागएर तथा मिश्ठान्न भोजन खुवाएर बिधिवत रुपमा मनाइेएको छ तिहार हिन्दू हरुको दोश्रो ठुलो चाड हो
२३ असोज, काठमाडौं । रातभरमा कुनै ठूलो चमत्कार नभए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८ औं प्रधानमन्त्री हुने पक्का भएको छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने प्रतिपक्षमा बस्ने सम्भावना बढेको छ । यद्पि अझै सहमतिको प्रयास हुने नेताहरूले बताएका छन् । व्यवस्थापिका संसदको भोलि आइतबार ११ बजेको बैठकमा मतदान हुनेछ । एमाले अध्यक्ष केपी ओलीले शनिबार उम्मेदवारी दर्ता गरेका छन् । केपी ओलीसँग प्रधानमन्त्रीमा नेपाली कांग्रेस सभापति सुशील कोइरालाले प्रतिस्पर्धा गर्ने भएका छन् । ओलीको प्रस्तावक एमाओवादी अध्यक्ष प्रचण्ड र समर्थक राप्रपा नेपालका अध्यक्ष कमल थापा छन् । एमाओवादी र राप्रपा नेपालको समर्थन पाएपछि ओली प्रधानमन्त्री हुने पक्कापक्की भएको छ । एमालेका १८३, एमाओवादीका ८३ (बाबुराम भट्टरार्इ बाहेक) र राप्रपा नेपालका २५ सभासद छन् । तीन दलको कुल मत २९१ हुन्छ । ओलीलाई साना दलको पनि समर्थन छ । प्रधानमन्त्री बन्न ओलीलाई आवश्यक ३०० मत पुर्याउन तीन दलबाहेक थप ९ मतमात्रै चाहिन्छ । यसका लागि राप्रपासहितका दलहरुले सहमति जनाइसकेकाले ओलीको बहुमत निश्चित देख...
Comments
Post a Comment