गजल





गजल 

अझ धेरै बचतको माया छ भने 
चुपलाग इज्जतको माया छ भने

जाउँ सिमनाहरुमा पर्खाल बनाउन 
यी पहाड पर्बतको माया छ भने 

ए हजुर देशलाई बन्दि नबनाउनुहोस् 
फेरी फेरी जनमतको माया छ भने 

पेटभित्रै भ्रूण हत्या नगरिदेउ बिन्ति 
यदी आफ्नै रगतको माया छ भने 

टिकाराम सिंह 
जाजरकोट

Comments

Popular posts from this blog

Pashupati Sharma remove song form youtube