गजल
गजल अझ धेरै बचतको माया छ भने चुपलाग इज्जतको माया छ भने जाउँ सिमनाहरुमा पर्खाल बनाउन यी पहाड पर्बतको माया छ भने ए हजुर संबिधान छिटो बनाउनुहोस् फेरी फेरी जनमतको माया छ भने बिन्ती छ भ्रुण हत्या नगर पेटभित्रै यदी आफ्नै रगतको माया छ भने टिकाराम सिंह जाजरकोट