गजल



टिकाराम सिंह
खगेनकोट-९,मंसिरी जाजरकोट
नितान्तै नौलो काम थाल्ने सोचमा छु
गुमेका खुशीहरु संङ्गाल्ने सोचमा छु 
बाउबाजेले कुटोकोदालो उचालेका थिय
तर म भने पहाड उचाल्ने सोचमा छु
हेरौ कत्तिको सफल हुन्छु भबिश्यमा
अनाथ टुहुराहरुलाई पाल्ने सोचमा छु
लोडश्रेनिङ्को पिडा सहन गाह्रो भयर
सूर्य नै पृथ्वीमा खसाल्ने सोचमा छु
लक्ष्य र उदेश्य बिनाको जिन्दगीलाई
अब म लीलाममा फाल्ने सोचमा छु

Comments

Popular posts from this blog

हिन्दू हरुको महान चाड तिहार आज मनाइयो

केपी ओली प्रधानमन्त्री हुने पक्का, कांग्रेस प्रतिपक्षमा ओलीको पक्षमा १६ दलको हस्ताक्षर

कविता