गजल
टिकाराम सिंह खगेनकोट-९,मंसिरी जाजरकोट नितान्तै नौलो काम थाल्ने सोचमा छु गुमेका खुशीहरु संङ्गाल्ने सोचमा छु बाउबाजेले कुटोकोदालो उचालेका थिय तर म भने पहाड उचाल्ने सोचमा छु हेरौ कत्तिको सफल हुन्छु भबिश्यमा अनाथ टुहुराहरुलाई पाल्ने सोचमा छु लोडश्रेनिङ्को पिडा सहन गाह्रो भयर सूर्य नै पृथ्वीमा खसाल्ने सोचमा छु लक्ष्य र उदेश्य बिनाको जिन्दगीलाई अब म लीलाममा फाल्ने सोचमा छु